पुर्नबिराम




जसरी त्यो सिसामा सझिएको
तस्वीर टुक्रिएको थिए,
त्यसरीनै मेरा सपनाहरू पनि
टुक्रिएका थिए त्यो दिन,
मसिना सिसाका टुक्राझै,
जसरी आखामा आशुहरुले
हिम्मत हार्दै थिए, 
जसरी मायामा बाधिएको
मन फुकिदै थियो,
जसरी रातका निन्द्र कतै
हराएका थिए, 
जसरी शब्दहरु रिसाएर कतै
लुकेका थिए ,
हो त्यसरीनै मेरा सपनाहरू पनि
टुक्रिएका थिए त्यो दिन
मसिना सिसाका टुक्राझै,
केवल
न त तिमिले नै जोड्ने कोशिस गर्यौ
न त मैले जोड्न सब टुक्रा फिर्ता पाए ।

No comments:

Post a Comment

Instagram