इश्वोरी


इश्वोरी

सुनको सिक्री नहोला भाग्यमा
सौभाग्य पोतेले सिंगारिदिनेछु आफूलाई
ढाका र मखमल नहोलान् भाग्यमा
साधारण भेषले छोपिदिनेछु आफूलाई

महलको निन्द्रा नहोला भाग्यमा
तिम्रै अंगालोमा बिलाइदिनेछु आफूलाई
मिठा र महँगा नहोलान्  भाग्यमा
तिम्रै गाँसमा रमाइदिनेछु आफूलाई

नामी परिचय नहोला भाग्यमा
तिम्रो सिन्दूरमा रंगाईदिनेछु आफूलाई
चेपारो र चाप्लुसी नहोलान्  भाग्यमा
तिम्रो मायाले नै मख्ख पार्नेछु आफूलाई ।

@सबिना थापा

No comments:

Post a Comment

Instagram