मजाक
जिन्दगी छोटो भयो
सोचे जस्तो केही भएन
तर धेरै गजब भयो
लडे, रोए, कराए
स्वोरले जिन्दगी संगीतमय भयो
सोचे जस्तो केही भएन
तर जिन्दगी धेरै गजब भयो
आफ्ना त कहिले र साथ थिए
पराइको झन कहाँ भर भयो
सोचे जस्तो केही भएन
तर जिन्दगी धेरै गजब भयो
न रोउ भन्ने भन्दा
रोउनेको लहर भयो
उपहार भएन जिन्दगी
खुशी भन्दा हार्नलाई डर भयो
भाग्नलाई दौड भएन जिन्दगी
सहनलाई कर भयो
तिमिनै भन किन येस्तो
जिन्दगी एक नसुहाउदो मजाक भयो ।
No comments:
Post a Comment