जिन्दगी छोठो भएतापनि
मिठो ज्युन मन छ मलाई ,
अँखामा सझिएका सपनाहरु
पुरा गरि जान मन छ मलाई ,
अन्जान गल्लिमा हराएकी म
एक पल ऐना उसपारको म
हेर्न मन छ मलाई ,
फकाएर बधेको मनलाई फुकाली
एक मन सपनामै जिउन मन छ मलाई ,
धेरै त केही सोचेको छुइन
रहुन्जेल मुहारमा मुस्कान
छर्न मन छ मलाई ,
हो म मान्छु जिन्दगी छोठो छ
त्यसैले एक पल जिन्दगी
ढुक्कले जिउन मन छ मलाई ।

No comments:

Post a Comment

Instagram