निराश
त्यो सपनामा पनि एक नशा थियो आफ्नो
आँखा खुल्नै चहेनन्
मन घुल्दै थियो पानीमा कुनै रङ्ग मिसाए जस्तै
मनले छोड्नै चहेनन्
म मुस्कुराउदै थिए
लाग्छ मनमा कुनै बोज थिएन
भिड थियो कुनै चाड मनाएसरी
र ती मध्य थिए एक म
रमाउदै हाँस्दै
एक पल त लग्यो कुनै अर्थ छैन त्यो सपनामा
छोडिदिन्छु बिर्सिदिन्छु सपनानै त हो
बिपनाको तितो यथार्थ स्विकार्नु छ उठि उता
तर मनलाई मनाउन असम्भव लाग्दैथियो
खुशी थिए म
त्यसैले होला
ऐनाको उसपार मुस्कान थियोे
सायद मेरै थियो होला ।
No comments:
Post a Comment