एकमात्र



एकमात्र

अन्धकारले भरिएको जिन्दगीमा
आशा बनी आइदिने
तिमी एक नै छौ,
रिसाएर ठुस्स परेको मुहारमा
सुन्दरता देख्ने पनि
तिमी एक नै छौ,
सुनसान रातमा
मिठा कुरा गर्ने साथी पनि
तिमी एक नै छौ,
हजारौं कुरामा लडछु तिमीसङ्ग,
हजारौं गुनासो पोख्छु तिमीसङ्ग,
तर माया पनि अचम्म तिम्रो
मेरो हरेक कुरा रमाइलो मानि
यी कविता सरि सुनिदिने पनि
तिमी एक नै छौ
 मात

No comments:

Post a Comment

Instagram