गुनासो



गुनासो

अग्निलाई साच्छी राखी सात फेरोमा जल्ने छन सब सपना,
ईश्वरको आशिषले बढ्नेछन यहाँ सब नाता नयाँ,

प्यारी छोरीबाट नयाँ बुहारी हुदा रिसाएको
मनलाई फकाउनु छ अब,

बहिनी भनी त भन्दाको शब्दलाई हजुर भनि
रुखो मनलाई सिकाउनु छ अब,

सपना कतै टाढा भागी जानु हैन
सबैलाई बाधी राखौ भनेर देखाउनु छ अब,

एक्लो जिन्दगीमा साथ दिने कोहि हुन्छे रे,
एक साथिको नाता निभाउनु छ अब,

चोट लाग्दा बुवा भनी झर्ने आसु
डर र लाजले थाम्नु छ अब,

कहाँ हुन्छन अब साथी संगिको दुनियाँ
घर सझाउनलाई भरोसाको इट्टा बटुल्नु छ अब,

मायाले बुनिन्छ रे नाता,रंगको अर्थ बढ्ने छ
सुन्छु राधाझै नाच्ने यी पाइला
लक्ष्मीझै पालाको उज्यालो सरी चम्काउनु छ अब।


@सबिना थापा

No comments:

Post a Comment

Instagram