तिम्रो जन्मदिन



तिम्रो जन्मदिन 

तिमी एउटा किताबको पाना हौ
जहाँ मैले एक कविता तिम्रो नाममा रचेको छु
मायाका हरेक शब्दले सपनाका मिठा बयानले
तिम्रा लागि आदर र सम्मानले
तिमी एक त्यो पात्र हो जो बिना
मेरो कविता अधुरो छ र कतै म
कविको जीवन
म संसार कोर्दैछु एक पानामा
जहाँ तिम्रो लागि भाव यी मनले
भन्ने गर्छन्
तिमी त एक समधुर धुन हौँ
यो धड्कनको
जसको ताल समाती नाच्दै छु आफ्नो
हरेक खुशी तिमिलाई सुनाउन
सुन्दर कल्पनामा सजिन्छौ तिमी
र तिम्रो हरेक आभाष म मुस्कुराउनुको कारण
एक शीर्षक तिम्रो यादका लागि कोर्दै
एक पवित्र कसमलाई पुज्दै
र निभाउदै हरेक बाचा
तिम्रो साथ रहि
र लेख्दैछु एउटा सानो रचना
मेरो तर्फबाट तिमी ईश्वरको लागी

@सबिना थापा

No comments:

Post a Comment

Instagram